अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिमा पदाधिकारी तथा सदस्य बन्ने बाटो खुकुलो ।

0

असाेज–२४।अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिमा पदाधिकारी तथा सदस्य बन्ने बाटो खुकुलो भएको छ।ललितपुरमा आज भएको एन्फाको विशेष साधारणसभाले विधान संशोधन गर्दै फुटबलमा लागेका जो कोहिले पनि एन्फा कार्यसमितिमा उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो।यसअघि साधारणसभामा सहभागी हुन योग्य सदस्यले मात्र कार्यसमितिमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो।विधान संशोधनपछि अब ५ वर्षदेखि फुटबलमा लागेको र २ वर्ष फुटबलमा सक्रिय भएको व्यक्ति एन्फा कार्यसमितिको उम्मेदवार बन्न सक्ने एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बताउनु भयो। अन्तर्राष्ट्रिय फुटबल महासंघ र एशियाली फुटबल महासंघ एएफसीको नियम अनुसार नै विधान संशोधन गरिएको उहाँले स्पष्ट पार्नुभयो।पुस ८ गते हुने एन्फाको चुनाव नयाँ विधान अनुसार नै हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो।संशोधिन विधान अनुसार साधारण सभामा ए डिभिजनका १४ वटै क्लवले तथा बी डिभिजनका ८ र सी डिभिजनका ५ सदस्यले मत दिन पाउने छन्।यसअघि बी डिभिजनका ५ र सी डिभिजनका ३ वटा क्लवलाई मात्र मताधिकार थियो।एन्फाको विशेष साधारणसभाले एएफसी कप खेल्न नपाएको थ्रीस्टार क्लवलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि पारित गरेको छ।एन्फाको विशेष साधारणसभाले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने टोलीका सदस्यलाई जनही २ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।नेपालले डेढ हप्ताअघि भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

Share.

About Author

Leave A Reply