अगरबत्ती तालीम सुरु।

0

जेठ-२९ सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा आजदेखी दृष्टिविहिन तथा अन्य अपांगता भएकाहरुको लागी एक हप्ते व्यावसायीक अगरबत्ती तथा बाख्रा पालन तालीम सुरु भएको छ।

सुर्खेत नेत्रहिन संघ एनएवी परियोजनाको आयोजनामा तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा तालीम सुरु भएको हो।

उद्घाटन कार्यक्रममा सहभागीहरुले तालिममा सिकेका कुरालाइ व्यवहारमा उर्तानुपर्नेमा सरोकारवालाले जोड दिएका छन। उनिहरुले विगतका दिनहरुमा पनि अपांगता भएका व्यक्तिहरुले व्यवसायी तथा सिपमुलक तालिम लिइसकेको भन्दै अब व्यवहारमा उर्तानुपर्नेमा जोड दिएका छन।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास महाशाखाका अधिकृत विश्वमणी जोशीले तालिम प्राप्त भैसकेपछि व्यवसायलाइ निरन्तरता दिन व्यवसायीक कार्ययोजना बनाउनुपर्ने बताउनु भयो।

उहाँले अपांगता भएका व्यक्तिहरुको अवस्था हेरेर व्यावसायीक तालीम दिनुपर्ने भन्दै व्यावसायलाइ दिगो बनाउन समिक्षा समेत गनुपर्नुपर्नेमा जोडदिनुभयो।

तालिमको प्रशिक्षक सम्झना बडुवाल रहनुभएको छ।

तालीममा १५ जनाको सहभागीता रहेको छ। कार्यक्रम सुर्खेत नेत्रहिन संघका अध्यक्ष तोरण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply