माैसममा सामान्य बदली रही हावाहुरीसहित पानी पर्ने।

0

जेठ-१९ सुर्खेत।मौसम पूर्वानुमान महाशाखाले देशभर अझै दुइ तीन दिन आंशिकदेखि सामान्य बदली रही हावाहुरीसहित पानी पर्ने जनाएको छ।महाशाखाले जारी गरेको सूचनामा बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको भन्दै यो केही दिन कायम रहने जनाएको छ।मौसमविद् मीनकुमार अर्यालले तीन/चार दिनसम्म अझै साँझतिर मेघगर्जनसहित वर्षा हुने संभावना रहेको बताउनु भयो।दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराई बाहेकका स्थानमा वर्षा हुने सम्भावना रहेको उहाँको भनाइ छ।आज राति देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ।सामान्यतया नेपालमा मनसुन सुरू हुने समय जुन १० भएपनि यो वर्ष झण्डै एकसाता ढिला हुने महाशाखाको अनुमान छ।

Share.

About Author

Leave A Reply