अति अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने संघिय सरकारको निर्णय।

0

चैत ८ सुर्खेत, सरकारले भोली  देखि २१ गतेसम्म अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले पर्सी चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा अनिश्चितकालीन रोक भने भोलीदेखि १८ गतेसम्म सबै हवाई उडान बन्द गरिएको बताउनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कृत्रिम अभाव गर्ने गराउनेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने बताउनु भएको छ।

देशवासीका नाममा सम्बोधन गर्दै उहाँले कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो ।

सम्बाेधनका क्रममा उहाँले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणकाे लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसजस्तो महामारीविरुद्ध बाँच्न सजिलो नभएकाले आफ्नो आनीबानी र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ।

देशवासीका नाममा विशेष सम्बोधन गर्ने क्रममा उहाँले सकेसम्म घर बाहिर ननिस्कन र साबुन पानीले बारम्बार हात धोइरहन आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको आंशका भए घरमै स्वयं क्वारेन्टाइनमा बस्न पनि सकिने बताउनुभयो ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले यस्ताे अवस्थामा हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ भन्ने विश्वास लिएको बताउनुभयाे ।

साथै देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक बाहेकका सरकारी सेवा घरबाटै प्रभाव गर्न सकिने बताउनु भएको छ।

Share.

About Author

Leave A Reply