अधिकार सुनिश्चित गर्न सरकार गम्भिर नभएको गुनासो।

0

जेठ-२८ सुर्खेत।अपांङ्गता भएका व्यक्तिहरुले आफुहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भिर नभएको गुनासो गरेका छन।

सुर्खेतको बीरेन्द्रनगरमा भएको अपाङगता भएकाहरुलाइ हेर्ने दृष्टिकोण बिषयक अन्तरक्रियका सहभागीहरुले आफुहरुको अधिकारप्रति सरकारले साचो नदेखाएको बताएका छन।

उनिहरुले तिन तहको सरकार हुदाँपनि आफुहरुका हक अधिकारका कुरा कागजमै समिति भएको भन्दै त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको बताएका छन।

उनिहहरुले सरकारले ल्याएको नयाँ ऐनपनि आफुहरुका अधिकार सुनिश्चित गर्न नसकेको भन्दै दुख व्यक्त गरेका छन।

सहभागीहरुले आफुहरुको अधिकार सुनिश्चत गर्न राज्यनै लाग्नुपर्ने भन्दै त्यसका लागि सकारकाले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन।

अपाङ्ग भएका व्यक्तिहरु सपाङ सरहको नागरिक भएको चेतना नहुदाँ सम्म अपाङगता भएकाको सवालहरु स्थापीत हुन नसक्ने उनिहरुको भनाइ छ।

कार्यक्रममा बीरेन्द्रनगर नगरपालीका वडा नम्बर ८ का अध्यक्ष थम्मप्रसाद गौतमले अपांगता भएका ब्यक्तिहरू एकजुट भएरआय आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभयो।

उहाँले अपांङ्गता भएका ब्यक्तिहरुका समस्याका बिषयमा आफु गम्भिर रहेको भन्दै नगरपालीकाले योजना तर्जुमा गर्दा अपाङगता भएकाहरुका समस्याका बिषयमा छलफल गर्ने बताउनुभयो।

यस्तै वडा नम्बर ६ का अध्यक्ष मोतिप्रसाद कँडेलले अपांङ्गता भएकाहरुको ब्यबस्थापनका लागी आफुहरुको ध्यान जाने भन्दै अव अपाङगमैत्री संरचना निर्णममा जुट्ने बताउनुभयो।

कार्यक्रम अपाङग महासंघ सुर्खेतका अध्यक्ष मयाप्रसाद जैसीले राज्यले विभिन्न अपाङमैत्री ऐन नियम विधि अपनाएपनि लक्षित बर्गसम्म पुग्न नसकेको त्यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनुभएको छ।

Share.

About Author

Leave A Reply