अन्तर्राष्ट्रिय बालिका दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँयो।

0

असाेज–१सुर्खेत। किशोरी अबस्थाका बालबालिकामा मानसिक तथा मनोबैज्ञामनिक समस्या हरु देखापर्ने भएकाले यस गरेको एक कार्याक्रमका सहभागीहरुले जोड दिएका छन।किशोरी दिवसको अबसरमा रेडियो भेरीमा भएको कार्याक्रमका सहभागीहरुले किशोरी अबस्थामा बालिकाहरुमा प्रजनन अबस्था वृद्घिहुने भएकाले यसमा बिशेष ध्यान दिन जरुरी रहेको बताएका छन।उनिहरुले यो उमेरका बालिकाहरुमा विभिन्न खाल्का समस्या हरु देखिने भएकाले अभिभाबकले बिषेश ध्यान दिन जरुरी रहेको बताएका छन।कार्याक्रममा सनातन धर्मसेवा समिति सुर्खेतका सभापती दुर्गाप्रसाद गौलीले महिनावारी भएको समयमा घरभित्र बस्नु हुदैन भन्ने मान्यता गलत भएको भन्दै यो स्वभाविक प्रकृतिको नियम भएको बताउनु भयो।उहाँले छुवाछुत मान्ने परमपरा अन्यत्य हुनुपर्ने भन्दै अझैपनि शहर भन्दा गाँउमा यो समस्या रहेको बताउनु भयो।कार्याक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका पब्लिक हेल्थनर्स संगिता खड्काले महिनावारी हुनुभनेको प्रजनन् अबस्था सोस्थ भएको संकेत भएको भन्दैयो समयमा खानपान,अराम,र सरसफार्इमा ध्यान दिनुपर्ने बताउनु भयो।उहाँले अझै पनि गलत पर्था छाउ बस्नुपर्ने बाध्यता रहेको भन्दै यसकालागी किशोरीहरुलार्इ चेतना दिने कार्याक्रम संचालन गर्नुपर्ने बताउनु भयो।कार्याक्रममा जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले बालबिबाह न्युनिकरण गर्न विधालयले महत्वपुर्ण हुने भन्दै यसको लागी कक्षा कोठमा शिक्षकले बालबिबाह सम्बन्धी सचेतामुलक शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो।उहाँले बिधालयले शिक्षा दिनेमात्र नभएर जीवनको उदेश्य सम्बन्धि ज्ञान दिनुपर्नेमा जोड दिनुभयो।कार्याक्रमको संञ्चालन किशोरी पुजा परियारले गर्नुभएको थियो।

Share.

About Author

Leave A Reply