अपराधिक गतिबिधिमा संलग्नलाइ कारवाही गर्न माग गर्दै बीरेन्द्रनगरमा पत्रकारले र्याली निकाले।

0

मंसिर ९ सुर्खेत,अन्तराष्ट्रिय दण्डहिनता बिरुद्धको दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।

दिवसको अवसमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले बीरेन्द्रगरमार प्रेस स्वतन्त्रता र्यालीको आयोजना गरेको छ।

स्थानिय मंगलगडीचोक बाट शुरु भएको र्याली बीरेन्द्रनगर बजार परिक्रममा गरी पिपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको हो।

सभामा बोल्ने सहभागीहरुले अझैपनि विभिन्न अपराधिक क्रियाकलापमा संग्लन व्यक्तिहरुलार्इ कारवाही हुन नसकेको बताएका छन।

उनीहरुले देशमा दिन प्रतिदिन दण्डहिनता बढ्दै गएको भन्दै यसको न्युनिकरणका लागी सरकारले विषेश पहल थाल्नुपर्नेमा जोडदिएका छन।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्नुभयो।

उहाँले पत्रकार विरुद्ध हुने घटना अन्त्यको लागी सरकार गभ्भिर नभएको भन्दै यसप्रति आपति जनाउनुभयो।

कार्यक्रममा रिपोटर्स क्लबका अध्यक्ष ॠषि धमलाले पत्रकारको हक र अधिकारको लागी सबै पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले आगामी बर्षदेखी आफुहले कर्णालीबाट उत्कृष्ट काम गर्ने दुइ जना पत्रकारलाइ पुरुस्कृत गर्ने घोषणा समेत गर्नुभएको छ।

नेपाली संञ्चारक्षेत्रमा अहिले चौतर्फी आक्रमण भर्इरहेको भन्दै समाचार लेखेकै भरमा पत्रकारको ज्यान जाने अवस्थामा पुगेको अध्यक्ष धमलाको भनार्इ छ।

यसैबीच फ्रिडम फोरमले तयार पारेको वार्षिक मिडिया मिडिया प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा डेढ गुणा भन्दा पत्रकाहरुमा आक्रमणका घटनाभएका छन।

यस वर्ष एक सय ७६ जना पत्रकार माथि आक्रमणको घटना घटेका छन् भने  ती मध्य १० जना पत्रकार महिला रहेका छन।

फोरमका अनुसार २०५२ सालदेखि यता २३ जना पत्रकारको हत्या भएको छ भने ३ जना वेपत्ता छन।

कर्णाली प्रदेशमा मात्र यस बर्ष प्रेस स्वतन्त्रता उल्लंघनका ६ वटा घटनाहरु भएका छन।

Share.

About Author

Leave A Reply