अपराधीलाई कानुनको कठघरामा ल्याएरै छाड्ने गृहमन्त्री थापा ।

0

माघ-२४ सुर्खेत।बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको नाममा चिल्ड्रेल पार्क बन्ने भएको छ। भिमदत्त नगरपालिका–२, को वडा कार्यालयले निर्मला अध्ययनरत सरस्वती माध्यमिक विद्यालय चिल्ड्रेल पार्कको शिलान्यास गरेको हो । वडा कार्यालयको बैठकको निर्णय अनुसार निर्मलाको सम्झनामा चिल्ड्रेल पार्क निर्माण कार्य सुरु गरिएको भिमदत्त नगरपालिका–२, का वडाअध्यक्ष डम्मरसिंह कार्कीले बताउनुभयो। उहाँले पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरिएको बताउनुभयो। हत्या भएको ६ महिना बितिसक्दा समेत हत्यारा पता नलाग्नु दुःखद् भएको भन्दै छोरीको सम्झनामा चिल्ड्रेल पार्क बन्न लागेका खुशी लागेको आमा दुर्गादेवीले बताउनुभयो।यता गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने बताउनुभयो। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यो प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको बताउनुभयो। नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो। गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो।

 

 

Share.

About Author

Leave A Reply