अबको शिक्षा सर्वसुलव र व्यवहारीक हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ।

0

मंसीर १४ सुर्खेत।कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको शिक्षा सर्वसुलव र व्यवहारीक हुनुपर्ने बताउनु भयो।कर्णालीमा नयाँ पाठ्यक्रमको आवश्यकता रहेकाले कर्णालीको कुन ठाउँमा के शिक्षाको सम्भावना छ, त्यसको अध्ययन गरेर त्यहीँ अनुसारको अनुसारको शिक्षाको व्यवस्था समेटिने गरी पाठ्यक्रम बनाउनु पर्ने उहाँले बताउनु भयो।वीरेन्द्रनगरमा आयोजित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग सुझाव संकलन कार्यशालामा बोल्दै मुख्यमन्त्री शाहीले ठाउँ अनुसारको शिक्षा अहिलको आवश्यकता भएको बताउनु भयो।‘शिक्षा व्यवहारिक र सर्भसुलभ हुन आवश्यक भएको भन्दै उहाँले अहिलेको शिक्षा व्यवहारिक नभई घोगन्ते भएकाले शिक्षा प्रणाली पनि समय सापेक्ष परिवर्तन हुन जरुरीरहेको बताउनु भयो।उहाँले कर्णाली प्रदेशको पानी, जल, जडीबुटी र पर्यटन जस्ता विषय अबको पाठ्यक्रममा समावेश गरी त्यही अनुसारको शिक्षा दिनु पर्नेमा जोड दिनुभयो।अहिलेको शिक्षा प्रणाली श्रमलाई सम्मान गर्ने खालको नभएको भन्दै श्रम र रोजगार संग सम्बसिन्धत शिक्षा हुनुपर्ने उहाधको भनाई छ।हरेक मानिसको रुची, लक्ष्य अनुसारको शिक्षा दिन आवश्यक रहेको भन्दै शाहीले मानिसको रुची अनुसारको शिक्षाले आत्मनिर्भर र रोजगारीमा सहयोग पुग्ने भएकाले पाठ्यक्रम पनि स्थानीय ठाउँ अनुकुल बनाउनु पर्ने बताउनु भयो।मुख्यमन्त्री शाहीले विकास र समृद्धिको लागि सम्भावनाको व्यापक खोजी गर्नु पर्ने बताउनु भयो।यस्तै कर्णालीका सामाजिक विकाश मन्त्री दल रावलले कर्णालीका १० बटै जिल्लाको सामाजिक, आर्थिक, र भौतिक पक्षलाई अध्ययन गरी सोही अनुरुप पाठ्यक्रम निर्माण गर्न समितिको टोलीलाइ सुझाव दिनुभयो।उच्चस्तरीय राष्टिूय शिक्षा आयोगका बरिष्ठ सदस्य श्यामकुमार श्रेष्ठले संकलन गरिएको सुझावका आधारमा प्रतिवेदन तयार गरी मन्त्रालयले नयाँ शिक्षा प्रर्णाली लागू गर्ने बताउनु भयो।

 

 

Share.

About Author

Leave A Reply