अब संसदमा पाँच दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः

0

पुस २ सुर्खेत-प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना लगभग सकिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सिट पाउन चाहिने कुल सदर मतको ३ प्रतिशत मत पाँचवटा दलले मात्र ल्याएका छन् भने प्रदेशसभामा पनि यीनै दल हाबी भएका छन् । प्रदेशसभामा सिट कायम गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ ।
अब प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फबाट दलहरुले जित्ने सिटको हिसाबकिताव यस्तो छ :
मंसिर १० र २१ गते भएको चुनावमा एक करोड ५ लाख भोट खसेको थियो। प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र ३ प्रतिशत कटाएकाले प्रतिनिधिसभामा समानुपातिकबाट यीनै पाँचदलका मात्र सांसद हुनेछन् ।
प्रतिनिधिसभातर्फ प्रत्यक्ष ८० सिट जित्दै पहिलो दल बनेको एमाले समानुपातिकमा पनि पहिलो नै भएको छ।
एमालेले खसेको कुल सदर मतको ३५ प्रतिशत मत ल्याएको छ ।
त्यस्तै प्रत्यक्षमा २३ सिट मात्र जितेर तेश्रो स्थानमा धकेलिएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो भएको छ । उसले ३४ प्रतिशत मत पाएको छ । समानुपातिक समेतको परिणामले कांग्रेस दोश्रो दल बन्ने पनि निश्चित भएको छ ।
त्यस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले केन्द्रले समानुपातिकमा १४ प्रतिशत मत ल्याएको छ । संघीय समाजवादी फोरम र राजपाले ५ प्रतिशत हाराहारीमा मत पाएका छन् ।
३ प्रतिशत मत नकटाएका विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले समानुपातिकमा पाएको मतबाट एकजना पनि सांसद पठाउन पाउँदैनन् । यी दलले पाएको मतको हिसाब नहुने भएकाले ३ प्रतिशत मत कटाएका दलहरुले थप सिट पाउनेछन् ।
जसअनुसार प्रतिनिधिसभामा एक सय १० समानुपातिक सांसदमध्ये सरदरमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा नेपालले ६/६ सिट

Share.

About Author

Leave A Reply