अराजित रहदै सुर्खेत बीरेन्द्रनगरमा जारी कर्णाली प्रदेश स्तरीय टी ट्वान्टी क्रिकेटको फार्इनलमा।

0

फागुन–२५ सुर्खेत।लगातार पाँचौ जित हातपार्दै सुर्खेतले कर्णाली प्रदेश स्तरीय टी ट्वान्टी क्रिकेटको फार्इनलमा ठाउँ पक्का गरेको छ ।सुर्खेतको बीरेन्द्रनगर कालुङचोमा भएको खेलमा सुर्खेतले रुकुमलार्इ २९ रनले पराजित गर्दै आफ्नो विजयी यात्रालार्इ कायमै राखेको हो।टस जितेर पहिले ब्याटीग गरेको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।सुर्खेतलाइ जिताउन रविनद्रजंगशीले सार्बाधिक ८२ रनको योगदान दिनुभयो भने निश्चल रावलले २८ रन बनाउनु भयो।रुकुमका दिपेश गीरि र बिजयी विष्टले समान २–२ विकेट दुर्इ विकेट हात पार्नुभयो ।१५८ रनको लक्ष्य पाएको रुकुमले २० ओभरमा ८ विकेट गुमाएर मात्र १२८ रन जोड्न सक्यो।पाँच खेलबाट १० अंक जोडेको सुर्खेत शिर्षस्थानमा छ, भने रुकुमले ४ अंक हात पारेको छ।यसैगरी भएको अर्को खेलमा जाजरकोटले दैलेखलार्इ ५ विकेटले हराएको छ।टस हारेर पहिले ब्याटीङग गरेको दैलेखले १८ दशमलब १ ओवरमा सबै विकट गुमाएर १०७ रन बनाएको हो ।दैलेखका देब प्याकुरेलले १८ र घनश्याम भन्डारीले १५ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेन।१०७ रनको सामान्य लक्ष्य पाएको जाजरकोटले १४ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर भेटायो।जारकोटका सुमन गुरुङगले ३० र सन्दीप शाशीले १७ रन जोड्न सफल हुनुभयो।जितपछि जाजरकोटको चार अंक भएको छ भने दैलख खातानै नखोलेर बाहिरिएको छ।यस्तै अर्को खेलमा सल्यानले जुम्लालार्इ ५ विकेटले पराजित गरेको छ।टस हारेर पहिले ब्याटिङग गरेको जुम्लाले २० ओबरमा ९ विकेट गुमाएर १०५ रन बनाएको हो।जुम्लाका जितेन्द्र शाहीले २९ र मनोज भारतीले १५ रन बनाउदाँ सल्यानका दिबाने पुनले ४ र सबिन डिसीले २ विकेट लिनुभयो।१०६ रनको लक्ष्य लिएर मैदान उत्रिएको सल्यानले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो।आज बिहान ८ बजे हुने पहिलो खेलमा रुकुम र जाजरकोट भिड्ने छन भने दोस्रो खेलमा जुम्ला र दैलेख आमुने सामुने हुने छन।आजहुने खेलले फार्इनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

Share.

About Author

Leave A Reply