अरु प्रदेशका तुलनामा कर्णालीमा अपराधिक गतिबिधि कम भएको डिआर्इजी शाहको भनाइ।

0

मंसीर २ सुर्खेत।कर्णाली प्रदेश प्रहरी प्रमुख  डिआर्इजी  महेश बिक्रम शाहले अरु प्रदेशको तुलनामा  कर्णाली प्रदेशमा अपराधिक गतिबिधि कम भएको बताउनु भएको छ।जिल्ला प्रहरी कार्यालय सल्यानले गरेको नागरिक सुनुवाई कार्यक्रममा शाहले अन्य प्रदेशका अपाराधिक तथ्याङ्कहरुलाई बिष्लेशण गर्दा यो शान्त रहेको बताउनु भयो।उहाँले नागरिकहरुको सक्रिय सहभागिता रहेका कारण पनि कर्णाली प्रदेश शान्त प्रदेशको रुपमा रहेको बताउनु भयो। कर्णाली प्रदेशमा अपराध अनुसन्धानमा प्रहरीले सफलता हात पारेको उहाँको दाबी छ।प्रदेश प्रहरी प्रमुख शाहले प्रहरी अधिकारीलार्इ नागरिकले प्रहरीमाथि विश्वास गर्ने वातारण बनाउन निर्देशन पनि दिनुभएको छ।

Share.

About Author

Leave A Reply