अर्थ समितिले मन्त्रालयसंग हिसाकिताब माग्यो।

0

सुर्खेत ,असोज- कर्णाली प्रदेशसभा अन्र्तगत रहेको अर्थ समितिले आर्थिक वर्ष २०७४÷०७५ मा मन्त्रालयहरुले गरेको खर्च शिर्षकगत रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।समितिका अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालयहरुले कुन शिर्षकमा कति बजेट खर्च भयो भनेर देखाउन आलटाल गरिरहेको भन्दै यस्तो निर्देशन दिएको हो।समितिका अध्यक्ष थापाले सरकारले गरेको बजेट र कार्यक्रमको तालमेल नदेखिएको भन्दै शिर्षक गत रुपमा भएको खर्चको यर्थाथ विवरण उपलब्ध गराउन माग गरीएको जानकारी दिनुभयो।समितिले यसअघि ३ वटा मन्त्रालयले उपलब्ध गराएको खर्च विवरण चित्तबुझ्दो नभएकोले पुनः शिर्षकगत रुपमा खर्च विवरण मागिएको अध्यक्ष थापाको भनाई छ।समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका  मन्त्रालयले गरेको पुजिगत र चालु खर्चको विवरण सहित भएको खर्च प्रदेश वा संघिय कुन सरकारको हो त्यो पनि खुलाउन भनेको छ।अर्थ समितिको कार्यक्षेत्र अन्र्तगतका वन वातावरणउधोग पर्यटनआर्थिक मामिला तथा योजना मन्त्रालय र भौतीक पुर्वाधार विकास मन्त्रालय रहेका छन।यसैगरी समितिले आर्थिक वर्ष २०७५÷०७६ को बजेट कार्यान्वयनकालागि कार्ययोजना र कार्यतालीका पनि माग गर्ने निर्णय गरेको छ।समितिको अर्को बैठकमा कर्णालीका ७ वटै मन्त्रालयका सचिवलाई बजेट कार्यान्वयनको वार्षिक कार्यतालीका पेश गर्न आग्रह गरेको हो।यसैबिच बैठकमा सांसदहरुले सरकारले बजेट सक्नकालागि मात्र काम गरेजस्तो देखिएको बताएका छन्।समिति सदस्य यामलाल कँडेलले विकासका काममा बजेट खर्च गर्दा दिगोपनलाई ध्यान दिनुपर्ने बताउनु भयो।यस्तै अर्का सदस्य हिमबहादुर शाहीले बजेट खर्च सार्वजनिक गर्दा स्थलगत रुपमा आउनुपर्नेमा जोड दिनुभयो। 

Share.

About Author

Leave A Reply