असार १५देखि कर्णालीका जिल्लामा हवाइ सेवा शुरु हुने ।

0

जेठ–१६सुर्खेत।कर्णाली  प्रदेशका जुम्ला,हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी बीरेन्द्रनगरबाट हवाइ सेवा शुरु गर्ने भएको छ।सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतबाट हवाइ सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो।मुख्यमन्त्रीको कार्यालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाइसेवा संचालन सम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो।हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा र सीता एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह लगाएतको उपस्थिति रहेको छ।प्रदेश राजधानी सुर्खेतबाट सिधै हवाइ यातायात संचालन भएपछि दुर्गम जिल्लाका नागरिकहरुलाई नेपालगञ्ज पुगेर सुर्खेत आउनुपर्ने समस्याबाट राहात हुने भएको छ ।

Share.

About Author

Leave A Reply