अस्पतालले छोरोको सट्टा छोरी दिएपछी। (भिडियो सहित)

0

माघ २० सुर्खेत-सुर्खेतको चौकुने गाँउपालिका ५ का नविन गहतराजले भारतको पिथौरागढमा रहेको एक अस्पतालले आफ्नो छोरा साटेको आरोप लगाउनु भएको छ।

सुत्केरी बेथा लागेपछी अस्पताल लैजादै गर्दा बाटोमै छोरा जन्मिएको बताउदै उहाँले अस्पताल पुर्याएको चार घन्टापछि आफुलार्इ छोरोको सट्टा छोरी हात पारिएको बताउनुभयो।

विगत ९ महिनादेखि भारतमा बस्दै आउनुभएका गहतराजको गत पुस २७ गते छोरा जन्मिएको थियो।

उहाँले छोराको खोजिका लागी जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा जाँदापनी आफुहरुको सुनुवार्इ नभएको बताउनुभयो।

यता प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादबले भने यस बिषमा आफुहरुले केही पनि गर्न नसक्ने बताउनुभयो।

उहाँले भारतमा रहेको नेपाली दुताबासले मात्र नवजाति शिशुको खोजी गर्ने सक्ने भन्दै उहाँले दुतावास मार्फत मात्र खोजी गर्न सुझाव दिनुभयो।

 

Share.

About Author

Leave A Reply