अाङ खस्ने समस्या सुर्खेतमा पनि बढदैः गाउँ शहर जताततै समस्या

0

साउँन २५ गते सुर्खेत
समाजमा बहिस्कृत र लाज मान्ने संस्कारका कारण रोग लुकाउदाँ सुर्खेतमा पनि पाठेघर खस्ने समस्या बढदै गएको पाइएको छ ।
महिला प्रजनन अधिकार कार्यक्रम केडले सुर्खेतको वीरेन्द्रनगरमा कार्यक्षेत्रका जनप्रतिनिधिसंग गरेको छलफलमा यस्तो जानकारी गराइएको हो ।
केडका कार्यक्रम संयोजक वेलबहादुर बिकले सानो उमेरमा बच्चा पाउनु, दक्ष स्वास्थ्यकर्मीबाट बच्चा नजन्माउनु, गर्भवति वा सुत्केरी हुँदा गह्रौ भारी बोक्ने, उचाल्ने, कुपोषण जस्ता कारण पाठेघर खस्ने समस्या बढेको बताउँनु भयो ।
शिक्षामा पहँचको अभाव, स्वास्थ्य सेवामा पहुँचको अभाव, महिलामाथिका विभेद, घरेलु हिंसा गरिबिका कारण पनि पाठेघर खस्ने समस्या बढ्दै गएको विकले बताउनु भयो ।
सुर्खेतमा बच्चा जन्माएका २६ देखी ३२ प्रतिशत महिलामा आङ खस्ने समस्या रहेको सिमान्तकृत महिलाहरुकालागी महिलासंस्था वामका कार्यक्रम संयोजक चमेली जिसीले बताउँनु भयो ।
सुर्खेतका ३ वटा स्थानीय तहका ७ वडामा अहिले आङ खस्ने समस्यासंग सम्बन्धित कार्यक्रम संचालन भईरहेपनि सबै ठाउँमा समस्या उत्तिकै रहेको उहाँले बताउँनु भयो ।
कार्यक्रम संचालमा रहेको सुर्खेतका ७ वटा वडा मध्ये सिम्ताको वडा नंम्बर ९ खानीखोलाका महिलामा आङ खस्ने समस्या धेरै रहेको पाईएको छ ।
वामका कार्यक्रम निर्देशक समिता प्रधानले आङ खस्ने समस्या बिकराल रहेको भन्दै रोगथामको लागी सबै निकाय जिममेवार बन्नु पर्ने बताउँनु भयो ।
कार्यक्रमा सहभागी जनप्रतिनिधिहरुले संघसंस्थाका गतिविधि सुगम क्षेत्रमा मात्र बढी केन्द्रित रहेको भन्दै दुरदराजमा संचालन गर्न सुझाव दिएका छन।
आगामी दिनमा महिलाको प्रजनन लगायत अन्य अधिकारका क्षेत्रमा स्थानीय तहका जनप्रतीनिधिहरुले पनि संघसंस्थाहरु संग सहकार्य गरेर काम गर्ने बताएका छन।
सिम्ता गाउँपालिकाका, पञ्चपुरी नगरपालिका ,चौकुने गाउँपालिकाका, बराहताल गाउँपालिकाका लगाएका स्थानिय तहका प्रमुख उपप्रमुख तथा कार्यकारी अधिकृत लगाएतको सहभागिता रहेको छ ।

Share.

About Author

Leave A Reply