आइपियलमा आज दुइ खेल हुँदै ।

0

चैत १७ सुर्खेत,इन्डियन प्रिमियर लिग आइपियलमा आज पनि दुर्इ खेल हुने भएका छन।दिउँसो सवा ४ बजे हैदराबादमा हुने खेलमा घरेलुटोली हैदराबाद र रोयल च्यालेन्जर्स बैग्लोर बिच प्रतिस्पर्धा हुने भएको छ।दुइखेलमा पराजित भएको बैग्लोर पहिलो जितको खोजिमा छ भने एकमा जित र एकमा हार भोगेको हैदराबाद दोस्रो जित हात पार्ने शुरमा छ।यस्तै आजै राति सवा ८ बजे चेन्नेइमा हुने खेलमा चन्नेइ सुपर किग्स र राजस्थान रोयल्स आमुने सामुने हुने भएका छन।दुर्इखेल हारेको राजस्थान पहिलो जित हात पार्ने योजनामा छ भने चेन्नेर्इ अपराजित यात्रा कायम राख्ने दाउमा रहेको छ।यस्तै दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको छ।निर्धारित २० ओभरमा दुवै टिमले समान १ सय ८५ रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएको थियो।११ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले ७ रनमात्र बनाउन रोकियो।राबाडाको पहिलो बलमै चौका प्रहार गरेका आन्द्रे रसेलले त्यसपछिको बलमा रन बनाउन सकेनन् र तेस्रो बलमा क्लिन बोल्ड भए।दिल्लीको फिरोज शाह कोट्ला मैदानमा १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ८५ रनमात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो।टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।बलिङतर्फ दिल्लीका हर्षल पटेलले २ विकेट लिँदा नेपालका सन्दीप लामिछाने, क्रिस मोरिस, अमित मिश्रा र कागिसो राबाडाले एक–एक विकेट लिए।यस्तै किङ्गस इलाभेन पञ्जाबले मुम्बई इण्डियन्समाथि ८ विकेटको सहज जित हात पारेको छ।तीन खेलमा पञ्जाबको यो दोस्रो जित हो भने मुम्बईको दोस्रो हार।

Share.

About Author

Leave A Reply