आईपीएलको तयारीका लागि संन्दिप आज दिल्ली जाँदै

0

चैत–१३।नेपाली युवा क्रिकेटर संन्दिप लामीछाने इन्डीयन प्रिमिएर लिगको तयारीकालागि आफू निकै उत्साहित रहेको बताउनु भएको छ।५० लाख भारुमा दिल्ली डेयरडेभिल्समा आवद्ध १७ वर्षीय सन्दिपले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूलेभारतमा धेरै कुरा सिकेर नेपाल क्रिकेटमा लागू गर्न चाहेको बताउनुभयो।आईपीएलको तयारीकालागि आज दिल्ली जाँन लाग्नु भएका संन्दिपले मेडिकल लगायतका प्रक्रिया पुरा गरेपछि चार पाँच दिनबाट ट्रेनिङ सुरु हुने बताउनु भयो । सन्दिपले टिममा भएका खेलाडीहरुसँग सिक्ने मात्र होइन, आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर रहेको भन्दै अभ्यास खेलहरुमा आफ्नो प्रभाव देखार्इ  आईपीएलमा डेब्यू गर्ने लक्ष्य रहो बताउनु भएको छ ।कुनै पनि नेपाली खेलाडी आर्इपियल टोलीको आबद्द भएको यो पहिलो घटना हो ।

Share.

About Author

Leave A Reply