आईपीएलमा बेंग्लोरको बिजयी शुरुवात।

0

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ।
गए राति भएको खेलमा बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो।
बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो।
ओपनर जोनी बेयर्स्टोीले अर्धशतक प्रहार गरेपछि अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन।
बेङ्गलोरका लागि युजभेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिनुभयो।
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो।
बेङ्गलोरका लागि युवा ओपनर देबदत्त पाडिक्कल र एबी डे भिलियर्सले अर्धशतक प्रहार गर्नुभयो।
यस्तै आज दिल्ली क्यापिटल्स र चेन्नेर्इ सुपर किगंस भिड्ने भएका छन।

Share.

About Author

Leave A Reply