आईपीएल युएईमा गर्न भारत सरकारद्धारा अनुमति।

0

भारत सरकारले इन्डियन प्रिमियर लिग आईपीएल युएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ।

सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल युएईमा हुने पक्का भएको छ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको छ।

यस्तै आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्ने पाईने नियम समेत बताईएको छ।

कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो।

एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो।

आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो।

यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो।

यस पटक भने पुरा सिजन युएईमा हुनेछ।

 

 

Share.

About Author

Leave A Reply