आईसीसी वरियतामा धोनी भन्दा पारस अगाडी ।

0
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टी– ट्वान्टी वरीयतामा नेपाली टिमका कप्तान पारस खड्काले ठूलो फड्को मार्नुभएको छ।

    खडका टी– ट्वान्टीको अलराउण्डरतर्फ ४१ बाट २५ औँ स्थानमा उक्लिनु भएको हो ।

    हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उहाँ आईसीसीको वरीयतामा एकै पटक १६ स्थान माथि चढ्न सफल हुनु भएको हो  ।

    उहाँले चर्चित क्रिकेटरहरु सुरेश रैना, रासिद खान, डेविड वेली, क्रिस मोरिस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोक लगाएतलाई पनि पछि पार्नुभएको छ  ।

    अलराउण्डमा अर्का खेलाडी साेमपाल कामी ६६औँ स्थानमा यथावत रहनु भएको छ  ।

    यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिनु भएको छ ।

    ब्याटिङ तर्फ खडकाले भारतका पूर्व कप्तान  महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन ।

    धोनी ६७ औं स्थानमा रहनु भएको छ ।

    यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झर्दा  सोमपाल कामी ७८ औं स्थानमा यथावत हुनुहुन्छ ।

     

Share.

About Author

Leave A Reply