आईसीसी विश्वकप क्रिकेटमा आज एक खेल हुँने।

0

जेठ-२६ सुर्खेत।इङ्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँने भएको छ।

आज दिउँसो तिन बजेहुने खेलमा भारत र अष्ट्रेलिया भिड्ने भएका छन।

जारी प्रतियोगितामा दुइ खेल खेलखलेको अष्ट्रेलिया चार अंकका साथ तेस्रो स्थानमा छ भने एक खेल खेलेको भारत दुइ अंकका साथ सातौ स्थानमा रहेको छ।

यस्तै  गएराति भएको खेलमा आयोजक इङ्ल्याण्डले बंगदादेशलाइ १०६ रनले हराएको छ। इंग्ल्याण्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर ५ बलमा अलआउट हुँदै २८० रनमा समेटियो।

बंगलादेशका लागि शकिब अल हसनले १२१ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सक्नुभएन्।

जितसँगै इंग्ल्याण्डले ३ खेलमा ४ अंक जोडेको छ।

यस्तै हिजो नै भएको अर्को खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले अपराजित यात्रा कायम राखेको छ।  

अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

न्युजिल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ।

Share.

About Author

Leave A Reply