आउँदो आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक।

0

जेठ–१६।सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ।अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गनु भएको छ। उहाँले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गर्नुभएको हो।सरकारले ८ खर्ब ३१ अर्व रुपैयाँ राजश्वबाट, २ खर्ब २ अर्ब वैदेशिक ऋणबाट र १ खर्ब २ अर्ब जुटाइने उल्लेख गरेको छ। केही दिनअघि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित रहेर अर्थ मन्त्रालयले बजेट तयार पारेको छ। अर्थमन्त्री खतिवडाले भेरी बबर्इ, रानी जमरा लगायतका सिञ्चाइ योजनाका लागि १० अर्ब बजेट छट्याएको बताउनुभयो।उहाँले स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला,खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको बताउनुभयो।कर्णाली राजमागलार्इ डोल्पा, मुगु, हुम्ला हुदै उत्तरी सिमा सम्म जोड्ने गरि स्तर उन्ती गर्ने गरि आबश्यक बजेटको व्यवस्था गरिएको बताउनुभयो।सरकाले सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइने, सिञ्चाइ, विद्युत र सहरी पूर्वाधार प्राथमिकतामा पारेको छ।त्यस्तै प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना गर्ने, कृषि औजार कारखाना स्थापना गरिने, कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने, गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो।उहाँले प्रत्येक निर्बाचन क्षेत्रमा ३ बर्षभित्र सम्पन्न हुने गरि सडक, नदी नियन्त्रण, खानेपानी लगायतको आयोजना संञ्चालन गर्न ४ करोड बिनियोजन गरिएको बताउनुभयो।

Share.

About Author

Leave A Reply