आउँदो बैशाखमा रारा कर्णाली पर्यटक महोत्सव गर्ने कर्णाली प्रदेस सरकारको निर्णय।

0

फागुन–२७सुर्खेत।कर्णाली प्रदेशमा रहेका पर्यटनहरुको प्रचारप्रसारको लागी आउदो वर्षभरी नै संचालन हुने गरी रारा कर्णालीमा पहिलो पटक प्रदेश महोत्सव संचालन हुने भएको छ।कर्णाली प्रदेशको मन्त्रीपरिषदको बैठकले कर्णालीका पर्यटकिय क्षेत्रहरुके प्रचारप्रसारका लागि वर्ष भरी नै मनाउने गरी २०७५ साल बैशाख १ गते महोत्सव उद्धघाटन गरिने भएको हो।बैठक पश्चात बोल्दै कर्णाली सरकारका प्रवक्ता बिमला केसीले महोत्सव आयोजनका लागि गरी १५ सदस्यीय समिति गठन गरिएको बताउनु भयो।बैठकले प्रदेश मन्त्री परिषद्का सदस्यहरुको आचारसंहिता, २०७४ र प्रदेश मन्त्री परिषद् सम्बन्धी कार्य्विधि, २०७४ स्वीकृत गरिएको मन्त्री केसीले बताउनु भयो।मन्त्रिपरिषद् बैठकले ३ वटा समिति गठन गरेको छ।प्रदेश सरकारको बैठकले सार्वजनिक लिखित प्रमामणिकरण सम्बन्धी नियमावाली २०७४ पहिलो संसोधन लगायतक विधयकहरु पास गरिएको मन्त्री केसीले बताउनु भयो।कर्णाली प्रदेशको आर्थिक कार्य्विधि, २०७४ प्रदेश सभामा पठाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिइने निर्णय गरिएको छ।प्रदेश सरकारले हरेक महिनाको १ र १५ गते श्रम दिनका रुपमा मनाउने निर्णय गरेको जनाएको छ।

Share.

About Author

Leave A Reply