आउँदो माघिभत्रै प्रदेश र संघको चुनाब पनि हुने प्रधानमन्त्री देउवाको दाबी ।

0

असार ११ ,कञ्चनपुर -प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो माघिभत्रै प्रदेश र संघको चुनाब पनि हुने दाबी गर्नुभएको छ ।
प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले समय मै चुनाब गर्नुको विकल्प नभएको बताउनु भयो।
उहाँले संविधान कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गर्नुको विकल्प नभएको भन्दै सरकार यसमा प्रतिबद्द रहेको बताउनु भयो।
देउवाले निर्वाचनको वातावरण बनाउने काममा सहयोग गर्न सञ्चार माध्यमलाई आग्रह समेत गर्नुभएको छ।
प्रधानमन्त्री देउवाले संविधान संशोधन गरेर राष्ट्रिय जनता पार्टिलाई चुनावमा सहभागी गराउने प्रयास भइरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि परामर्श भइरहेको बताउनु भयो।
उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि राजपाले उठाउँदै आएका मागमा छलफल गरी सधैंका लागि विवाद टुंगो लगाउने दाबी समेत गर्नुभएको छ ।

Share.

About Author

Leave A Reply