आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा, धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगिता हुने।

0

पुष-१९ सुर्खेत।आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् ।आयोजक धनगढी क्रिकेट एकेडेमीले तोकेको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको जनाएको छ ।खेलाडीले आफ्नो न्यूनतम् मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् ।आयोजकले खेलाडीलाई कम्तिमा ३० हजारदेखि बढीमा दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको समय दिएको हो ।दर्ता भएका खेलाडीलाई समावेश गर्दैआयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउने छ ।आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले खेलाडीको बोलकबोल अर्थात अक्सन यही पुस २२ गते हुने जानकारी दिनुभयो ।अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षकालागिअनुबन्धन गर्नेछ ।प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगितामा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देहीच्यालेन्जर्स,महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।राउन्ड रोबिन’ लिगका आधारमा सन्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिकालागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी पनि अनिवार्य गरिएको छ ।

Share.

About Author

Leave A Reply