आजदेखी पुन सुर्खेतबाटै परिक्षण हुने।

0

जेठ १७ सुर्खेत, कर्णालीको राजधनी बीरेन्द्रनगरमा दुइदिन देखी रोकिएको पिसिआर परिक्षण आजदेखी पुन परिक्षण हुने भएको छ।

सुर्खेत प्रयोगालामा नयाँ ल्याइएको आरएनए एक्प्रेसन किट र मेसिनको म्याचिङ नमिल्दा परिक्षण रोकिएको हो।

सुर्खेतमा परिक्षण रोकिएपछि यहाँबाट १ हजार ४० जनाको स्वाब परिक्षण गर्न जुम्ला पठार्इएको  थियो।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्मर खड्काले आज थप किट आर्इपुग्ने भएकाले आजदेखी नै परिक्षण थालिने बताउनुभयो।

उहाँले कतिको संख्यामा किट आउने एकिन नभएपनि एकहप्ता सम्मपुग्ने किट आर्इपुग्ने जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply