आज ऋषि पञ्चमी सप्तऋषिको पूजा गरी मनार्इदै ।

0

आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्तऋषिको पूजा गरी मनार्इदै छ।

आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन।

तिजको पर्सीपल्ट महिलाहरुले अरुन्धत्ती सहित कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दै छन।
रजश्वला भएका बेला जानेर वा नजानेर भएका गल्तीको दोष नास भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहि आएको पाइन्छ ।
आज सप्तऋषिको पूजा गर्नाले सौभाग्य प्राप्ति र सन्तान लाभका साथै दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ।

सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन छ।

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ ।
नगरपालिकामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उनीहरुलाई राहत वितरण गर्नुभएको हो।

विगत केहि दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले नगरपालिकाका विभिन्न ठाउँमा करिब चार करोड मूल्य बराबरको धनमाल क्षति भएको थियो।

बाढीपहिरोबाट पूर्ण रुपमा विस्थापित ३१ घर परिवारलाई राहत वितरण गरिएको छ।

कर्णाली प्रदेश सरकारले प्रति घर परिवार २० हजारका दरले ६ लाख २० हजार राहत वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ।
कार्यक्रममा मन्त्री विमला केसीले एकीकृत नमुना बस्ती विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।उहाँले विकास निर्माणका काम प्रभावकारी ढङगले नगर्दा र मापदण्ड नपु¥याउदा नै विपत्ति आइलागेको बताउनुभयो ।
विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन तथा एकीकृत बस्ती विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई उपयुक्त ठाउँको छनोट गरी स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो

Share.

About Author

Leave A Reply