आज कुकुर तिहार र लक्ष्मी पुजा ।

0

कार्तिक १०,सुर्खेत- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार यमपन्चक अन्तर्गत  आज कुकर तिहार र लक्ष्मी पुजा  गरिदै छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि मनार्इते तिहार तिथि घटबडका कारण आज कुकर तिहार र लक्ष्मी पुजा एकै दिन परेका छन।  

आज बिहान नरक स्नानसहित कुकुर पूजा र र बेलुकी लक्ष्मीपूजा गरिने भएको छ।

कुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो।

त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ।

यस्तै आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यताका आधारमा आज बिहानै घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङ लगायत सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजाकालागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

यसैगरी पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप बालेर उल्यालो बनाउने चलन पनि छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने चलन छ।

आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

यस्तै लक्ष्मी पुजा गरेपछि आजबाट देउसी भैलो खेल्ने गरिन्छ।

केहि वर्ष यता भने कतिपय ठाउँमा विभिन्न संघसंस्था र समूहको नाममा लक्ष्मी पुजा पहिल्यै पनि देउसी भैलो खेल्ने क्रम बढेको छ ।

Share.

About Author

Leave A Reply