गाइजात्रा बिधिपुर्वक मनाइदै।

0

साउन ३१,गाइजात्रा पर्व आज सुर्खेत पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

मुख्य  गरी नेवार समुदायले मनाउने भएपनि सुर्खेतमा सबै समूदाय मिलेर यो पर्व मनाउने गर्छन ।

वर्ष भरी दिवङ्गत भएका आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ।

गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन्।

श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रम गरी मनार्इन्छ।

भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ।

मल्ल राजा प्रताप मल्लले पुत्र वियोगको बिलौंलनामा रहेकी आफ्नी रानीलार्इ यस्तो शोक सबैलार्इ पर्छ भन्ने देखाउन वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाएपछि यसको सुरुवात भएको इतिहासविदहरुको भनार्इ छ।

यो चलन चलाउँदा पनि रानी पूर्णरुपमा सन्तुष्ट नभर्इ शोक मै रहेपछि हास्य व्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भएको विश्वास छ।

यसअवसरमा राजनीतिक सामाजिक आर्थिक सांस्कृतिक विकृतिप्रति ब्यङग्य गर्दै कलाकार श्रष्ट्राहरुले हास्यव्यङ्ग्यात्मक कार्यक्रा गर्ने चलन छ।

Share.

About Author

Leave A Reply