आज थप २२६ जनामा काेराेना संक्रमण पुष्टि।

0

जेठ १९,सुर्खेत पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

Share.

About Author

Leave A Reply