आज देखि बाँकेको नेपालगन्जमा प्रादेशिक महोत्सव सुरू।

0

माघ–११बाँके।आज देखि बाँकेको नेपालगन्जमा प्रादेशिक महोत्सवल हुने भएको छ।महोत्सवको तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक नन्दलाल बैश्यलले बताउनुभयो।महत्सबको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रममा रहको संयोजक बैश्यले बताउनुभयो।उदघाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवर्षा गर्ने तयारी गरिएको भन्दै उहाँले महोत्सवबाट संकलीत रकम बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताउनु भयो।महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका साथै ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहने बताउनु भयो।नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका संयोजक अजय कुमार टण्डनले महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको बताउनु भयो।५ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको भन्दै उहाँले सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरीएको बताउनु भयो।उद्घाटन समारोह अघि नगरका बिभिन्न क्षेत्रबाट साँस्कृतीक झाँकी सहितको कलश यात्रा निकाल्ने तयारी गरीएको छ।२२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा ५ लाख भन्दा धेरैले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

Share.

About Author

Leave A Reply