आज देखी बडादशै सुरुः पहिलो दिन घरघरमा जमरा राखिँदै।

0

सुखेत असाेज २४ ।हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैं आजबाट सुरु भएको छ।नवरात्रको पहिलो दिन घरघरमा देवीदुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेपनि अनुकुलता अनुसार पनि घटस्थापना राख्न सकिने समितिले जनाएको छ।आजको दिन घर घरमाजमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गर्ने गरिन्छ।आजको दिनविहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथाआफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकै लगायतका अनाज छर्ने गरिन्छ।माता भगवतीलाई मनपर्ने बनस्पतिजमरा भएकाले भगवतीलाई खुशी पार्नकालागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ।आज विधिपूर्वक घर घरमा पूजाआराधनागरिने दुर्गा देवीलाई कात्तिक २ गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फुल प्रसाद ग्रहण गरिन्छ।कात्तिक २ गते टिकाको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।

 

 

Share.

About Author

Leave A Reply