आज बडा दशैंको मुख्य दिन  विजयादशमी हर्षोल्लासपूर्वक मनाइँदै ।

0

असाेज २१-सुर्खेत।आज बडा दशैंको मुख्य दिन  विजयादशमी हर्षोल्लासपूर्वक मनाइँदै छ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरि  नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

दशैमा रातो टिका संगै समृद्धिको प्रतिकका रुपमा पहिलो जमरा लगाउने गरिन्छ ।

सार्इत कुर्नेकालागि टीकाको शुभसाइत बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट र स्नेह एवम् सदभाव बढाउने पर्वका रुपमा मनाइने बडादशैँ धार्मिक मात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय गरेको सम्झनामा मनाउन थालिएको हो।

सुर्खेत सहित अधिकांश जिल्लामा बिजया दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट टिका जमरा लगाउने गरिन्छ भने केहि जिल्लामा भने दशमीको दिनमात्र टीका लगाउने चलन छ।

Share.

About Author

Leave A Reply