आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि बाँके र बर्दियामा तयारी तिब्र पारिएको छ ।

0

साउन ११ सुर्खेत

आगामि मंसिर २१ देखि २८ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि  बाँके र बर्दियामा तयारी तिब्र पारिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बर्दियाका विभिन्न खेलकुद मैदान तथा निमार्णधिन कभर्ड हलहरुको निरिक्षण गर्नुभएको छ ।

मन्त्री विश्वकर्माले बर्दियाको बाँसगढीमा निमार्णधिन कबड्डी ऐकेडमी, भुरिगाउँमा निमार्ण भइरहेको खोखो कर्भड हल, ठाकुरद्धाराको खेल मैदान र सदरमुकाम गुलरिया रहेको खेलमैदानका साथै निमार्णाधिन कर्भड हल निरिक्षण गर्नुभएको हो ।

बर्दियामा खेलकुद प्रतियोगिताका ६ वटा विधाहरु संचालन हुनेछन ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगंजमा आयोजना हुने भएपनि  बाँके सहित बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देहीमा समेत संचालन हुनेछन् ।

अनुगमनका क्रममा मन्त्री विश्वकर्माले खोखो खेलका अन्तराष्ट्रिय पदक विजेता खेलाडी गोपीप्रसाद तिमिल्सेना, करिष्मा बोगटी, सिर्जना शाही र ललिता थारुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

यसैगरि खोखो खेलका राष्ट्रिय खेलाडी हरी वली, चन्द्रकान्त भण्डारी र पार्वती विकलाई पनि मन्त्री विश्वकर्माले सम्मान गर्नुभयो ।

Share.

About Author

Leave A Reply