आठ महिनामा १४० ले अपांगता परिचयपत्र लिए।

0

चैत-४ सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट चालु आर्थीक वर्षको आठ महिनामा १४० जनाले अपांगता परिचयपत्र लिएका छन।

यस्तै अर्थीक वर्षमा नगपालीकाबाट ७४ जना पुरुष तथा ५० जना महिलाहरुले अपांगता परिचयपत्र लिएका नगरपालिकाका अधिकृत सरला रेग्मीले बताउनु भयो।

क वर्गमा १२ जना, ख वर्गमा ८३ जना, ग वर्गमा मा १४ जना र घ वर्गमा १६ जनाले अपांगता परिचयपत्र लिएको उहाँको भनार्इ छ।

नगरपालीकाले २०७५ फागुन ५ गतेदेखि अपांगता परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।

यस्तै आर्थीक वर्ष २०७५७६ को पाँच महिनामा १२५ जनाले अपांगता परिचयपत्र लिएका छन।

क वर्गमा १२ जना,ख वर्गका ७५ जना ,ग वर्गका २८ जना ,र घ वर्गमा ९ जनाले अपांगता परिचयपत्र लिएका छन।

हालसम्म नगरपालीकाबाट सबैभन्दा धेरै पुर्ण रुपमा दृष्टिविहिन भएका व्यत्तिहरुले परिचयपत्र लिएका छन ।

अपाङ्गताको अवस्थाका आधारमा क, ,ग र घ गरि चार समूहका विभाजन गरि सरकारले त्यसै अनुसार सुविधा दिदै आएको छ ।

सबैभन्दा धेरै अपाङगता भएकालार्इ क वर्गमा राखिएको छ ।

अपाङगता भएकाहरुले भने परिचय पत्र भन्दा पनि आफूहरुलार्इ उचित अवसर दिनु पर्ने माग गर्दै आएका छन ।

Share.

About Author

Leave A Reply