आदिवासी जनजाति महासंघले दोस्रो चरणको आन्दोलन सुरु।

0

साउन २९ सुर्खेत,लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन समावेशि सिद्धान्त विपरीत रहेको भन्दै विरोधमा उत्रीएको आदिवासी जनजाति महासंघले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ।

विज्ञापन खारेजीको माग गर्दै पहिलो चरणको विरोध कार्यक्रम सम्पन्न गरेको महासंघले आजबाट दोस्रो चरणको आन्दोलन सुरु गरेको हो ।

आरक्षण बचाउ आन्दोलन अन्र्तगत दोश्रो चरणको आन्दोलन कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ कर्णाली प्रदेशले आज कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा आधा घण्टा धर्ना दिएको छ ।

नेपाली आदिवासी जनजाती महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेले केन्द्रिय कार्यक्रम अनुसार कर्णालीका मुख्यमन्त्री निवासमा धर्ना आधा घण्टा धर्ना दिएको बताउनुभयो ।

मुख्यमन्त्री निवासमा २ घण्टा धर्ना दिने कार्यक्रम भए पनि मुख्यमन्त्री बाहिर रहेका आधा घण्टामा छोट्याईएको अध्यक्ष भोटेको भनाई छ ।

संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन खारेज गरी आरक्षणको सुनिश्चितता गरी पुन विज्ञापन गर्नुपर्ने महासंघको माग छ ।

लोकसेवाको विज्ञापन विभेदकारी भएको भन्दै आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्र सहभागी आन्दोलन अन्र्तगत प्रधानमन्त्री तथा मुख्यमन्त्रीको निवासमा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

 

Share.

About Author

Leave A Reply