आदिवासी जनजातीका समस्यालाइ समेट्ने गरी ऐन नियम बनाउन माग।

0

साउन२५ सुर्खेत।सुर्खेतका आदिवासी जनजातीहरूले आदिवासी जनजातीका समस्यालाइ समेट्ने गरी ऐन नियम बनाउन माग गरेका छन ।२४ औ आदिवासी जनजाति दिवसको अवसरमा बीरेन्द्रनगरमा भएको कार्यक्रममा उनीहरुले कर्णाली प्रदेश सभालार्इ ऐन नियम बनाउँदा आदिवासी जनजातीका माग समेटन ध्यानाकर्ण गराएका हुन।उनीहरुले अझैपनि राज्यका विभिन्न तहमा आदीवासी जनजातीको समावेसी समानुपातिक प्रतिनिधित्व हुन नसकेको गुनासो गरेका छन।कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तिले ऐन नियम बनाउँदा आदिवासि जनजातिका माग सम्बोधन गर्न पहल गर्ने बताउनु भएको छ ।उहाँले कर्णाली प्रदेशले अहिलेसम्म विभिन्न १२ वटा ऐन नियम बनाइसकेको बताउनु भएको छ ।कार्यक्रममा नेपाल मगरसंघ सुर्खेतका अध्यक्ष डिल बहादुर बंसी मगर, बीरेन्द्रनगर वडा नम्बर ५ का वडा अध्यक्ष राजबहादुर गुरुङ, वडा नम्बर १४ का वडा अध्यक्ष टोप बहादुर दर्माली  लगाएतले पनि सम्बोधन गर्नुभएको छ।अधिकार प्रतिनिधित्व स्वायत्त ,स्वशासनकालागि दिवासी जनजाती अडानः मानव पहिचान सहितको संघियताकालागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने नाराका २४ औ आदिवासी जनजाति दिवस मनाइएको हो ।कार्यक्रम आदीवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष पंन्जसिंह रोकाय खाम्पाको अध्यक्षतामा भएको हो ।दिवसका अवसरमा गरिएको रक्तदान  कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन।

Share.

About Author

Leave A Reply