आन्तरिक उडान सुरु।

0

असोज ६, कोरोना भार्इरसको जोखिमका कारण सात महिनासम्म बन्द भएको आन्तरिक उडान आजदेखि सुरु भएको छ।

गत चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान सुरु गरेका हुन।

आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमता जति नै यात्रु राख्न पार्इने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानकोलागि निर्देशिका बनाएको छ।

सुर्खेत काठमान्डौ नियमित उडान पनि आजैबाट शुरु भएको नागरिक उड्डयन प्राधिकरण सुर्खेतले जनाउको छ।

आज पहिलो दिन सुर्खेतबाट काठमान्डौ २६ जनाले यात्रा गरेको प्रधिकरण सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो।

विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएको भन्दै पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन।

Share.

About Author

Leave A Reply