आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट झन्डै ८ हजार जनाले स्थायी लेखा नम्बर लिए।

0

सुर्खेत साउन २५,आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट झन्डै ८ हजार जनाले प्यान नम्बर लिएका छन।

सरकारले साउन १ गते देखि नयाँ कर नीति लागु गरेपछि अहिले प्यान नम्बर लिने हरुको कार्यलयमा घुर्इचो लाग्ने गरेको छ।

संघसंस्था मात्र नभएर व्यक्तिलाई समेत प्यान नम्बर अनिवार्य गरेपछि आन्तरिक राजश्व कार्यालय सुर्खेतमामा सेवाग्राहीको भीडभाड बढेको हो।

२३ दिनको अवधीमा आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट मात्रै सात हजार ९ सय ३९ जनाले प्यान नम्बर लिएका छन्।

आन्तरिक राजश्व कार्यालय सुर्खेतमा अहिले विभिन्न संघसंस्था, व्यापारिक फार्म सहित व्यक्तिहरु समेत गरेर प्यान नम्बर दर्ता भएका छन्।

यस्तै जुम्लामा रहेको आन्तरिक राजश्व कार्यलयबाट अहिले सम्म एक हजार एक सय १६ जनाले स्थायी लेखा नम्बर लिएका छन।

नेपालको जुनसुकै क्षेत्रबाट पनि स्थायी लेखा नम्बर लिन सकिने अनलाईन प्रविधि रहेको छ।

नयाँ नीति अनुसार अब सरकारी सेवा सहित विभिन्न संघ-संस्थामा कार्यरत कर्मचारीलाई तलव भत्ता भुक्तानी दिदा समेत अनिवार्य स्थायी लेखा नम्बर हुनुपर्ने कर अधिकृत हिक्मत सुनारले जानकारी दिनुभयो।

उहाँले यो नयाँ ऐनले कर छलीमा कमि ल्याउने दावीगर्दै सबै व्यक्ति तथा संघ सँस्थाहरुलार्इ अनिवार्य स्थायि लेखा नम्बर लिन आग्रह गर्नुभयो।

Share.

About Author

Leave A Reply