आफ्ना श्रीमानको हत्या गरेको आरोपमा कालिकोटमा एक महिला पक्राउ .

0

चैत १४ कालिकोट – आफ्ना श्रीमानको हत्या गरेको आरोपमा कालिकोटमा एक महिलालार्इ प्रहरी पक्राउ गरेको छ।महावै गाउँपालिका–५ का १६ वर्षिया धनकला विकलाई २३ वर्षीय पति नरेन्द्र विकको  हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले खाँडाचक्र नगरपालिका–८ स्थित ससुराली घरमा आएका बेला १८ वर्षीय रमेश विकसँग मिलेर धनकलाले हत्या गरेको आरोपमा  पक्राउ गरेको जनाएको छ। डिएसपी योगेन्द्र खड्काले रमेशसँग विवाह गर्ने उद्देश्यले हत्या गरी खोल्सामा फालेको धनकलाले प्रहरी समक्ष स्वीकार गरेको बताउनु भयो।हत्याका अर्का आरोपित रमेश भने  फरार रहेको उहाँको भनार्इ छ ।

 

Share.

About Author

Leave A Reply