आफ्नै निर्णयको वेवास्ता गर्दै कर्णाली सरकारले १९ सय बढिलाइ जिल्ला पठायो।

0

जेठ ८ सुर्खेत, कर्णाली प्रदेस सरकारले भारत लगाएत जोखिमपूर्ण ठाउबाँट आएकालाइ प्रदेस नाका मै क्वारेन्टाइन बनाएर राख्ने आफ्नै निर्णयको वेवास्ता गर्दै जिल्ला जिल्ला पठाएको छ।

भारतका विभिन्न ठाउँबाट बाँकेको जमुनाह तथा पश्चिम गड्डाचौकी नाकाबाट कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा आएका १९३० जनालाइ आज सम्बधित जिल्ला पठाइएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले सबैभन्दा बढी दैलेखका ८२९ सुर्खेतका ४९७ सल्यानका ४५८ जना रहेको बताउनु भयो।

यस्तै जाजरकोटका ८१ कोलीकोटका ५४ र जुम्लाका ११ जना रहेका छन।

उनीहरुलार्इ ४९ वटा गाडीमा राखी सम्बन्धित जिल्ला पठार्इएको छ।

प्रदेस स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भन्डारीले जोशीले दैलेख र सल्यानकाको सम्बन्धित जिल्ला मै आरडिटी परिक्षण हुने भन्दै सुर्खेत सहित अरु जिल्लाको बबर्इ मै परिक्षण गरिएको बताउनु भयो ।

यसैबिच सामाजिक विकास मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा.लक्ष्मिनारायण तिवारीले  बबर्इमा परिक्षण गरिएको मध्य पाँच जनाको आरडिटी परिक्षण पोजेटिभ आएको बताउनु भयो।

सबैलार्इ अनिवार्य रुपमा सम्बन्धित स्थानिय तहले बनाएका क्वारेन्टाइनमा राख्ने गरी पठार्इएको प्रदेस सरकारले दाबी गरेको छ।

क्वारेन्टाइन अवधि पुरा भएपछि फेरि उनीहरुलार्इ आवश्यक परिक्षण गरेर मात्र घर पठार्इने तिवारीको भनार्इ छ।

कर्णाली प्रदेसमा अहिलेसम्म केन्द्रमा पठाएको समेत गरि तीनहजार बढीको स्वाब परिक्षण गरिएकोमा एक जनामा मत्र संक्रमण देखिएको उहाँले बताउनु भयो।

प्रदेस भरी ५४० आर्इसोलेशन २२ वटा आर्इसियू र १२ वटा भेन्टिलेटर रहेका छन भने २२७ ठाउँमा क्वारेन्टार्इन बनेको सरकारी तथ्याँक छ ।

प्रदेस सरकारले भारत लगाएत जोखिमपूर्ण ठाउँमा आएकालार्इ कर्णाली प्रदेशमा भित्रने सुर्खेतको बबई र कुइने तथा र सल्यानको कपुरकोट नाका मै व्यवस्थित रुपमा राख्न क्वारेन्टार्इन निर्माण गर्ने भनेपनि काम भएको छैन ।

Share.

About Author

Leave A Reply