आर्थिक वर्षभित्र हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्याईने संघीय सरकारको घोषणा।

0

वैशाख-२१ ।संघिय सरकारले आगामी आर्थिक वर्षभित्र कर्णाली प्रदेसका हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्‍याईने घोषणा गरेको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको संयुक्त बैठकमा आज सरकारको निति तथा कार्यक्रम पेश गर्दै आगामी आर्थिक वर्षमा सबै ७७ जिल्ला सदरमुकामलाई राष्‍ट्रिय सडक सञ्‍जालमा जोड्ने बताउनु भएको हो । सरकारले आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा कालोपत्र गर्ने प्रतिवद्धता गर्दे राष्ट्रिय गौरबका सबै आयोजना तोकीएको सबै मै पुरा हुने जनाएको छ। आगामी आर्थिक वर्षमा एक हजार मेगावट विद्युत थप गर्ने लक्ष्य लिएको भन्दै सरकारले आगामी चार वर्षभित्र उज्यालो नेपाल अभियान अन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पुर्‍याउने दाबी पनि गरेको छ। बालुवाटार लगाएतका सरकारी जग्गा व्यक्तिको नाममा किनबेच भएको भन्दे चौतर्फी आलोचना भएका बेला सरकारले अतिक्रमण भएको सम्पूर्ण जग्गा एक वर्षभित्र फिर्ता गर्ने प्रतिवद्धता पनि जनाएको छ।यस्तै आगामी चार वर्षभित्रमुक्त कमैया, मुक्त हलिया, सुकुम्बासी लगायत सबै भूमिहीन र सीमान्तकृत परिवारहरूको बसोबास व्यवस्थित गरिने दाबी पनि सरकारले गरेको छ।सरकारले सामाजिक सुरुक्षा भत्तान बढाउने, र आउँदो आर्थिक वर्षमा पाँच लाख जनालार्इ रोजगारी दिने दाबी पनि गरेको छ।

Share.

About Author

Leave A Reply