आर्थिक वर्ष २०७४/०७५ मा सुर्खेतमा २६ जना नयाँ कुष्ठरोगका बिरामी भेटिए।

0

पुष-१८ सुर्खेत।आर्थिक वर्ष २०७४/ ०७५ मा सुर्खेतमा कुष्ठरोगका २६ जना नयाँ बिरामी फेला परेका छन् ।ईनिंङ्ग अस्पताल सुर्खेतमा उपचारकालागि आएका मध्य २६ जना नयाँ व्यक्तिमा कुष्ठरोगको संक्रमण देखिएको हो।साईनिंङ्ग अस्पताल सुर्खेतले तथ्याकं अनुसार आर्थिक वर्ष २०७४ /०७५ मा कर्णालीका १० जिल्ला मध्य सबैभन्दा धेरै सुर्खेतमा कुष्ठरोगका बिरामी भेटिएका हुन्।यस्तै जाजरकोटमा २० जना, दैलेखमा १० जना, कालीकोटमा ९ जना पश्चिम रुकुममा ९ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेको साईनिंङ्ग अस्पताल सुर्खेतका प्रमुख मंगल थारुले जानकारी दिनुभयो।यस्तै जुम्लामा ३, सल्यान ३ मुगुमा ३ र हुम्लामा १ जना कुष्ठरोगका बिरामी फेला परेको साईनिंङ्ग अस्पताल सुर्खेतले जनाएको छ।सरकारले सन् २०२० सम्ममा कुष्ठरोगका बिरामीको संख्या घटाएर प्रति १० हजार जनामध्य १ जनामा मात्रै कुष्ठरोगको संक्रमणमा झार्ने लक्ष्य राखेको छ।सरकारको लक्ष्य प्राप्तीकालागि जनचेतनामा वृद्धि गर्नुपर्ने थारुको भनाई छ।

Share.

About Author

Leave A Reply