आर्मी इटहरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेस

0

माघ–९।नेपाल आर्मी क्लब भुटानको ड्रुक युनाइटेड क्लबलाई निराश बनाँउदै मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।इटहरी रंगशालामा भएको खेलमा भुटानी क्लबलाई ५ शून्यले हराँउदै आर्मीले सेमिफाइनलमा थ्रि स्टारसँगको भेट पक्का गरेको हो।एकतर्फी खेलमा आर्मीकालागि पदम तामाङ्गले २ र दिनेश हेनजमले २ तथा टंक बस्नेले एक गोल गर्नुभयो।आज आयोजक राष्ट्रिय जागृती क्लब र गरिफा स्पोर्टिङ्ग क्लब कोलकोत्ताका बिचमा हुनेछ।

Share.

About Author

Leave A Reply