आवश्यक सार्वजनिक चर्पी नहुदाँ समस्या भएको सर्वसाधारणको गुनासो।

0

मंसीर ४ सुर्खेत।सुर्खेतको बीरेन्द्रनगरमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुदाँ सर्वसाधारणलार्इ समस्या हुने गरेको छ।तिन बर्ष अगाडी निकै तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि सार्वजनिक स्थलमा शौचालय नुहदाँ सर्वसाधारणले कष्ट व्यहोर्दै आएको गुनासो गरेका छन।स्थानीय तहको विकास भनेको ढल निकास र बाटो खन्नेमात्र ठानिदिँदा अन्य विकासका काम ओझेलमा परेका छन।कर्णालीको राजधानी वीरेन्द्रनगको मुख्य बजारमा शौचालय नहुदा किनमेलका लागि आउने र लामो दूरीमा यात्रा गर्नेहरू व्यवस्थित शौचालय अभावमा जताततै शौच गर्न बाध्य भएका छन।अहिले वीरेन्द्रनरको खुल्ला मञ्च हटियालार्इन लगायत ७ वटा चर्पी संञ्चालनमा रहेका छन।तर मुख्य वजारमा नै चर्पी नहुदाँ समस्या हुने गरेको स्थानिय भानार्इ छ।वीरेन्द्रनगरमा मानिसको भीडभाड हुने, मंगलगडी तल्लोबजार, बीरेन्द्रचोक र जुम्लारोडमा पर्याप्त सार्वजनिक शौचालय छैनन्। वीरेन्द्रनगरको सौन्दर्यताका लागि पनि सार्वजनिक शौचालय ठाउँठाउँमा हुनपर्ने र बनिसकेका कैयौँ सार्वजनिक शौचालय पनि प्रयोगमा ल्याउनुपर्ने स्थानियको माग छ।

Share.

About Author

Leave A Reply