इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात।

0

भदाै २९, इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ।

गएराति  भएको सिजनको आफ्नो पहिलो खेलमा टोटनह्यामलाई १–० गोलले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो।

टोटनह्यामको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गर्नुभयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत् गोल गर्नुएको हो।

एभर्टनले अन्य गोलको सुनौलो मौका समेत गुमाएको थियो।

टोटनह्यामले हारबाट सिजनको सुरुवात गरेको छ ।

 

Share.

About Author

Leave A Reply