इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश।

0

असार-१९ सर्खेत।इंग्ल्याण्ड घरेलु मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।म्यानचेस्टरमा गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १८६ रनमा समेटियो।

न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सक्नुभएन।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि ओपनर जोनी बेयस्ट्रोले शतकीय इनिङ्स खेल्नुभयो ।जितसंगै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ ।अब एक टोलीले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने छन।

जितपछि इंग्ल्याण्डले ९ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।आफ्नो अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।न्युजिल्याण्डको ९ खेलबाट ११ अंक रहेको छ ।

अब पाकिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको तय हुनेछ ।

पाकिस्तानको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।बंगालदेश भने बाहिरिसकेको छ ।

 

 

Share.

About Author

Leave A Reply