इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बइ इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ४ विटेकले पराजित

0

चैत–३०।इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत भएको खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विटेकले हराएको छ।१ सय ५८ रनको लक्ष्य मुम्बइले खेल सकिन ८ बल बाँकी छँदै ६ विकेट जाँदा भेट्टाएको हो।मुम्बइको जितमा नितिश रानाले ३६ बलमा ४५ र पार्थिभ पटेलले २४ बलमा ३९ रन बनाउनुभयो।यस्तै जस बटलरले ११ बलमा १४ रन, कुर्नाल पाण्डेयले २० बलमा ३७ रन बनाउनुभयो।हैदराबादका भुवनेश्वर कुमारले तीन साथै आशिस नेहरा, रसिद खान र दीपक हुड्डाले एक एक विकेट लिनुभयो ।पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट जाँदा १ सय ५८ रन बनाएको थियो।हैदराबादका डेभिड वार्नरले ३४ बलमा ४९ रन, शिखर धावनले ४३ बलमा ४८ रन, बेन कटिङले १० बलमा २० रन बनाउनुभयो।हैदराबादका ७ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सक्नुभएन।ईका जसप्रित बुम्राहाले तीन, हरभजन सिंहले दुई साथै लसिथ मालिङ्गा, मिचेल म्याक्लेनागन र हार्दिक पाण्डेयले एक एक विकेट लिनुभएको थियो।

Share.

About Author

Leave A Reply