इन्धनको मूल्य बढ्याे ।

0

पुष–१८।नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो।पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ मूल्यवृद्धि भएको छ।यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ मुल्य बृद्धि भएको छ।अब पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९–७९ रुपैयाँ, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ रूपयामा पर्ने भएको छ।त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० रुपैयाँ पर्नेछ।भारतीय आयल निगमले नयाँ मूल्यसूचि पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

Share.

About Author

Leave A Reply